
बाडुली लागेपछि लामो समयसम्म हिक्कहिक्क भइरहन्छ । प्रियजनले सम्झेर बाडुली लाग्छ भन्ने आमधारणा छ तर वैज्ञानिक रूपमा भन्नुपर्दा तातो खानेबित्तिकै चिसो खाने वा धेरै खुर्सानी खाने गर्दा बाडुली लाग्छ । बाडुली रोक्ने केही घरेलु उपाय यहाँ बताइन्छ :
१ चिसो पानी बाडुली लाग्दा एक गिलास चिसो पानी पिएपछि ठीक हुन्छ । अझ पानी पिउँदा नाक बन्द गरेमा बाडुली रोकिन्छ ।
२ मह बाडुली लाग्नेबित्तिकै एक चम्चा मह खाँदा आराम हुन्छ । यो अचूक औषधी हो ।
३ पीनट बटर पीनट बटर खाँदा पनि बाडुलीबाट राहत मिल्छ । यो खाँदा सास लिने प्रक्रिया प्रभावित हुन्छ जसले बाडुली रोक्छ ।
४ घुँडालाई छातीमा जोत्ने बाडुली रोकिएन भने घुँडालाई छातीमा लगेर टाँस्नुस् । यसो गर्दा मांसपेशीहरूको खुम्च्याईं टाढा भाग्छ ।
५ कागती रक्सी पिएर बाडुली लागेको हो भने कागती असरदार हुन्छ । कागतीको एक चौथाई टुक्रा काटेर मुखमा हाल्नुस् । अनि बिस्तारै चपाउनुस् । बाडुली हराउँछ ।
६ आइस ब्याग बाडुली रोक्न गर्दनलाई आइस ब्यागमा राख्नुस् । राहत पाउनुहुन्छ ।