![काठमाडौंमा रामनवमीको रौनक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/ram_navami_7_EMRO9TC3uq.jpg)
आज रामनवमी पर्व मनाइँदैछ ।
हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।
रामनवमको अवसरमा जनकपुरस्थित राम जानकीको मन्दिरमा नेपाल तथा भारतीय नागरिकको घुइँचो लाग्ने गर्छ ।
यसैबीच काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा बुधवार बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।
हेर्नुहोस् केही तस्वीरहरू








तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी