२३ जेठ २०८३, शनिबार

एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपालले पायो यूएई प्रतिद्वन्द्वी

बैशाख ५, २०८१
काठमाडौं
एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपालले पायो यूएई प्रतिद्वन्द्वी

नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल प्रवेशका लागि चिर परिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्ने भएको छ । बुधवार भएको खेलमा घरेलु टोली ओमानले कुवेतविरुद्ध जीत निकालेपछि यूएई समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

यससँगै यूएईले आफ्नो भेट एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्ने दाउमा रहेको नेपालसँग पक्का गरेको छ । नेपाल सबै ४ खेलमा जीत निकालेपछि समूह ‘ए’को विजेता बनेको हो ।

नेपाल र यूएई गत संस्करणको फाइनलमा पनि भिडेका थिए ।  

बुधवारको जीतले ओमान ४ खेलमा ८ अंकसहित समूह ‘बी’को विजेता बनेको छ । उपविजेता यूएईको ६ अंक रह्यो ।

यस्तै ओमानले भने हङकङको सामना गर्नेछ । ओमान समूह ‘बी’ विजेता र हङकङ समूह ‘ए’को उपविजेता रहन सफल भएपछि दुईको भेट तय भएको हो ।

नेपाल र यूएईबीचको पहिलो सेमीफाइनल शुक्रवार ११ः४५ बजे हुनेछ । ओमान र हङकङबीचको खेल भने सोही दिन ४ः१५ बजे हुनेछ ।

समूह ‘ए’ मा नेपालले ४ खेलमा शतप्रतिशत नतिजासहित ८ अंक ल्याउन सफल भएको हो भने हङकङको ४ खेलमा ४ अंक रह्यो ।

नेपालले बुधवार मात्रै समूह चरणको अन्तिम साउदी अरेबियालाई ६ विकेटले हराएसँगै ४ खेलमा शतप्रतिशत जीत निकालेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्