काठमाडौं, २९ पुस — कोलकाताको टिपु सुल्तान मस्जिदका प्रमुख नूर–उर–रहमान बरकाती आफ्ना कडा अभिव्यक्तिका लागि चिनिन्छन् ।

लगातार फत्वा जारी गर्न तथा समाचारका हेडलाइनमा छाउनका लागि बरकाती प्रसिद्ध छन् । उनले अघिल्लो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विमुद्रीकरण अभियानका विरुद्ध फत्वा जारी गरे ।
विमुद्रीकरणका कारण धेरैजना समस्यामा परेको बताउँदै बरकातीले मोदीलाई कालोमोसो दल्ने व्यक्तिलाई ४० लाख रुपैयाँ दिने घोषणा गरे ।
उनको यो घोषणाप्रति धेरैले आपत्ति जनाए । बीजेपीले त प्रहरीमा उनका विरुद्ध मुद्दा नै दर्ता ग–यो ।
तर यसका बाबजुद बरकाती आफ्नो फत्वामा अडिग छन् ।
‘मोदीले विमुद्रीकरण गरेपछि १२७ जना बैंक र एटीएमको लाइनमा बसेरै मरिसके,’ बरकातीले भने ।
यो फत्वा सुनेर धेरैले आफूलाई फोन गरेर बधाई दिएको उनले बताए ।
एजेन्सी