२४ जेठ २०८३, आइतबार

नेपाल भ्रमण आउँदै कतारी शेख, कसरी हुँदैछ सुरक्षा प्रबन्ध ?​​​​​

बैशाख ६, २०८१
काठमाडौं
नेपाल भ्रमण आउँदै कतारी शेख, कसरी हुँदैछ सुरक्षा प्रबन्ध ?​​​​​

​कतारी शेख तमिम बिन हमाद अल थानी आगामी साता नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । उनी नेपाल आउने भएपछि आवश्यक सुरक्षा रणनीति बनाउन छलफल शुरू भएको छ ।

सैनिक मुख्यालयमा बिहीवार बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच संयुक्त छलफल भएको छ ।

दुई दिने भ्रमणमा आउन लागेका थानीको सुरक्षा प्रबन्ध मिलाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार सैनिक मुख्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसेको हो । 

शेखले राष्ट्रपति, प्रधानमन्त्री र प्रतिपक्षी दलका प्रमुख नेताहरूलाई भेट्ने कार्यक्रम छ । उनी यही वैशाख ११ गते काठमाडौं आइपुग्ने र १२ गते फर्कने कार्यक्रम छ ।

सुरक्षा बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानी बस्ने होटलसँगै सवारी रुटमा आवश्यक सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने तय गर्ने छ ।

बैठकमा सहभागी एक अधिकृतले भने, 'थानी दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन्, सुरक्षा प्रबन्धका लागि बैठक बसेको हो । बैठकले आवश्यक सुरक्षा प्रबन्धको खाका बनाएपछि केन्द्रीय सुरक्षा समितिमा पठाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्