२८ असार २०८३, आइतबार

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बैशाख ६, २०८१
बुटवल
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीवार साँझ प्रदेश प्रमुख अमिक शेरचनले ७ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले बिहीवार नै एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

यसअघि मुख्यमन्त्री महराले एमालेका चेतनारायण आचार्य, माओवादीका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । उनीहरुले मुख्यमन्त्री महरासँगै शपथ लिएका थिए ।​

तीनै जनाको मन्त्रालय भने आज मात्रै तोकिएको छ ।

जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

योसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्