
भारतमा आउन लागेको लोकसभा निर्वाचन (चुनाव)को परिणाम आफ्नो हातमा पार्न त्यहाँ विभिन्न फण्डा अपनाइँदै छ । यस्तो फण्डा गर्नेमा बलिउड अभिनेत्री कंगना रनौत पनि छिन् ।
कंगनाले आफ्नो चुनाव क्षेत्र रहेको हिमाचलमा एउटा फण्डा गरेकी हुन् । उनले त्यहाँको एउटा चिया पसलमा गएर आफैँ चिया पकाएकी छिन् । उनले चिया बनाएर नेताहरूलाई पिलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लोकसभा चुनाव लड्ने घोषणा गरेकी बलिउड अभिनेत्री कंगना एक महिनाअघिदेखि नै आफ्नो पक्षमा चुनावी माहोल बनाउन लागिपरेकी थिइन् ।
कंगनालाई सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आगामी लोकसभा चुनावमा उम्मेदवार बनाएको हो ।
लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्रबाट उठेकी छिन् ।
केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी कंगना अन्ततः राजनीतिमै प्रवेश गरेकी हुन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् ।
त्यस्तै उनी बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारसँगै केही सेलेब्रिटीविरुद्ध निशाना साधेकी थिइन् ।
भारतमा शुक्रवार (अप्रिल १९ तारिखदेखि लोकसभाको चुनाव शुरू हुँदैछ ।