२५ असार २०८३, बिहीबार

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

बैशाख ६, २०८१
मुस्ताङ
एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।  

जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार यो सङ्ख्या अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक बाहेकको हो । सडक मार्गबाट चार लाख १४ हजार दुई सय ८० जना र हवाईमार्गबाट ११ हजार छ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक विकले बताए । 

घुम्न आएका आन्तरिक पर्यटक मध्ये तीन लाख ३५ हजार चार सय ६६ सडकमार्गबाट र एक हजार आठ सय ७९ पर्यटक हवाई मार्गबाट मुस्ताङ पुगेका हुन् । घुम्न आएका कूल पर्यटकमध्ये ८८ हजार छ सय १९ जना विदेशी पर्यटक आएका थिए । विदेशी पर्यटकमा पनि ७८ हजार आठ १४ सडकमार्गबाट र नौ हजार आठ सय पाँच जना हवाईमार्गको प्रयोग गरी मुस्ताङ आएको देखिएको छ ।  मुस्ताङ भित्रिने विदेशी पर्यटकमा ठूलो सङ्ख्या भारतीयको छ । सात हजार आठ सय आठ पर्यटक सार्क राष्ट्रबाहेकका पर्यटक हुन् । 

salt training

कमेन्ट गर्नुहोस्