आइभोरी कोस्ट, २८ असोज– पश्चिम अफ्रिकी राष्ट्र आइभोरी कोस्टको अबिदजानेलिक्स होउफोट बोइग्नी विमानस्थलबाट शनिबार बिहान उडेको कार्गो विमान आन्ध्र महासागरमा दुर्घटनाग्रस्त भएको छ। विमानमा सवार व्यक्तिमध्ये कम्तीमा चार जनाको मृत्यु भएको छ ।
एन्टोनोभ एन–२६ भालान एयर नामको विमानले फ्रान्सेली सैनिकका लागि उपकरण बोकेको थियो।
मुसलधारे वर्षा र चट्याङ परिरहेका बेला विमान समुद्रमा खसेको थियो ।