०१ असार २०८३, सोमबार

बैतडीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु​

बैशाख ९, २०८१
बैतडी
बैतडीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु​

बैतडीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–¬१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।​​

डिलासैनी  –१ ब्रमबाट सीमातर्फ गइरहेको  सु प प्र ०१००२ त ४६८६ नं को ट्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्याक्टरले किचेको हो । 

ट्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो । टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।​

घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली  गएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्