×

NMB BANK
NIC ASIA

पौने २४ करोड अकुत सम्पत्ति

करारमा छिरेका सुनिलको लीला : उपत्यकामा दर्जनौँ कित्ता जग्गा, सिंगापुरको बैंक खातामा १३ करोड ५३ लाख

सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न अख्तियारको पत्राचार

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल विरुद्ध विशेष अदालतमा उक्त मुद्दा दायर गरेको हो । 

Muktinath Bank

वैध आय १ करोड तर व्यय २३ करोड ७५ लाख 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलको वैध आय १ करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ देखिन्छ । तर खर्च भने २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ भएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

वैध आयतर्फ अंशबाट प्राप्त रकम २५ लाख, राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहँदा पारिश्रमिक र बचत सुविधा बापत ३९ लाख १३ हजार ३६५ रुपैयाँ रहेको देखिन्छ  । त्यसै गरी नेपाल दूर सञ्चार कम्पनी (एनटीसी)मा पारिश्रमिक तथा  बचत सुविधा बापत १७ लाख १६ हजार ९३८ रुपैयाँ, एनटीसीमा भत्ता बापत २३ लाख ९० हजार ८८९ रुपैयाँ र  शेयर बिक्री बापत ७ लाख ७३ हजार ३१२ रुपैयाँ आय भएको देखिन्छ ।

Vianet communication

सवारी साधन विक्री गरी ५० हजार रुपैयाँ र बैंक ब्याजबाट आय ५ लाख ८० हजार ३४० रुपैयाँ रहेको अभियोग पत्रमा उल्लेख छ ।

तर, व्ययतर्फ विदेशी बैंकमा गैरकानुनी मौज्दात मात्र १३ करोड ५३ लाख ८६ हजार २२६ रुपैयाँ रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा पौडेलले गैरकानुनीरूपमा उक्त नगद मौज्दात राखेका छन् ।

सोही बैंकको खाताबाट उनले आफ्ना सहोदर दाजु अनिल पौडेललाई ८ करोड ७९ लाख ११ हजार ५८८ रुपैयाँ ट्रान्सफर गर्नुका साथै घरजग्गामा लगानी गर्नका लागि थप ५० लाख २० हजार रुपैयाँ बैंक खाताबाट ट्रान्सफर गरेको अभियोग पत्रमा उल्लेख छ ।

विदेशबाट गहना खरिद गर्नका लागि ३९ लाख ९० हजार ५४७ रुपैयाँ उनले खर्च गरेको देखिन्छ । २०७९ साउन २२ गते सिंगापुरको चाँगी एयरपोर्ट टर्मिनलबाट टिफानी एण्ड कम्पनीको सेतो सुन किन्नका लागि उक्त रकम खर्चिएको पौडेलले बयान गरेका छन् । त्यस बाहेक स्वदेशमा पनि २०७९ फागुन २९ गते उनले १२ लाख रुपैयाँको गहना खरिद गरेका छन् ।

स्वदेशी बैंक मार्फत विद्युतीय माध्यमबाट गरिएको अन्य खर्च ३५ लाख ६१ हजार ३३३ रुपैयाँ रहेको छ भने स्वदेशको बैंक खातामा मौज्दात ३१ लाख १ हजार ३७ रुपैयाँ रहेको अभियोग पत्रमा उल्लेख छ ।

३० लाख ३६ हजार ८१ रुपैयाँको उनले विभिन्न कम्पनीका शेयर खरिद गरेका छन् । विदेशमा बिमाको प्रिमियम नै २७ लाख ६० हजार २७३ रुपैयाँ तिर्नुका साथै स्वदेशमा पनि उनले ७ लाख ३९ हजार १२५ रुपैयाँ बिमाको प्रिमियम तिरेका छन् ।

विदेश भ्रमण गर्दा हवाई यात्रामा १४ लाख ८० हजार २४० रुपैयाँ खर्च गर्नुका साथै विदेशमा हुँदा होटेल वासका लागि ४ लाख ६६ हजार १८२ रुपैयाँ, विदेशमा कपडा खरिदमा ४१ हजार १६४ रुपैयाँ खर्च गरेका छन् । सवारी कर तथा नवीकरणमा ५२ हजार ४७० रुपैयाँ खर्च गरेको पनि अभियोग पत्रमा उल्लेख छ ।

उपत्यकामा ठाउँ-ठाउँमा दाजु भाउजूको नाममा घरजग्गा

पौडेलले आफ्ना दाजु अनिल र भाउजू शीतल पौडेलको नाममा उपत्यकामै विभिन्न ठाउँमा जग्गा खरिद गरेको पाइएको छ ।

२०७७ साउन ११ गते अनिल पौडेलको नाममा काठमाडौँ-४ को कित्ता नम्बर ३१४ मा (०-२-२३ ) क्षेत्रफलको जग्गा र कित्ता नम्बर ७९४ मा ९१.४१ वर्ग मिटर क्षेत्रफलको अर्को जग्गा खरिद गरेको पाइएको छ  । उक्त दुई कित्ताको जग्गा खरिदमा २ करोड रुपैयाँ खर्च भएको अभियोग पत्रमा उल्लेख छ ।

त्यसै गरी २०७८ असार ३० गते ६ करोड ५६ लाख रुपैयाँमा काठमाडौँ महानगरकै वडा नम्बर ४ मा कित्ता नम्बर ५२ को ५२३ वर्ग मिटर क्षेत्रफलको जग्गा अनिलको नाममा खरिद भएको पाइएको छ ।

२०७८ भदौ ३ गते काठमाडौँको महाकाल-८ मा १ करोड ५१ लाख रुपैयाँमा १५.६० वर्ग मिटरको एउटा कित्ता र २७४.६५ वर्ग मिटरको दोस्रो कित्ता अनिल र उनकी श्रीमती शीतल पौडेलको नाममा पनि खरिद गरेको पाइएको छ ।

त्यसबाहेक अनिल र शीतलको नाममा भक्तपुरमा पनि विभिन्न कित्ताका जग्गाहरू खरिद गरिएका छन् । २०७८ असोज ६ गते भक्तपुरको छालिङ-६ मा १० लाख ४६ हजार ४ सयमा कित्ता नम्बर ९१६ को  (०-१२-०-०),  कित्ता नम्बर ९१७ को (०-१२-०-०) क्षेत्रफल भएको जग्गा १० लाख ४६ हजार रुपैयाँमा किनेका छन् । 

त्यसै गरी २०७८ असोज ५ मा सोही ठाउँको कित्ता नम्बर ८३७ को (१-०-०-०) जग्गा ५२ लाख ८० हजार रुपैयाँमा, कित्ता नम्बर २५२ को (२-१५-०-०) क्षेत्रफल भएको १ करोड ५५ लाख १० हजार रुपैयाँमा खरिद गरेको अभियोग पत्रमा उल्लेख छ ।

त्यसबाहेक २०७४ कात्तिक २९ मा अनिलको नाउँमा पाल्पाको रामपुर-४ मा ७ लाख २० हजार रुपैयाँमा (०-५-१-३) र (०-१-३-०) गरी दुई कित्ता खरिद गरेको अभियोग पत्रमा उल्लेख छ ।

करारमा प्रवेश गरी अकुत सम्पत्ति आर्जन 

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थायी घर भएका तथा काठमाडौँ-३१को शान्तिनगरमा समेत घर रहेका सुनिल पौडेललाई अख्तियारको टोलीले २०८० माघ १० गते पक्राउ गरेको थियो । 

उनको घरको खानतलासी गर्दा विभिन्न पेन ड्राइभ, आइफोन, हार्ड डिस्कहरू, विभिन्न कम्पनीका ल्यापटप बरामद गरेको थियो । त्यस बाहेक उनको घरबाट ६ लाख १२ हजार ५ सय रुपैयाँ, सिंगापुर डलर १ हजार ५४४, कोरियन मुद्रा ३ लाख २१ हजार, थाईभाट ६ हजार ३७० र अमेरिकन डलर ३ सय नगद बरामद गरेको थियो ।

२०६१ जेठ २० गते सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करारमा प्रशासकीय अधिकृतको रूपमा जागिरमा प्रवेश गरेका थिए । २०६२ माघ २८ गते सम्म उनी त्यस पदमा कार्यरत रहे । २०६२ माघ २९ देखि २०६५ असार ११ गते सम्म भने उनी कुनै पनि सार्वजनिक पदमा कार्यरत थिएनन् । पछि २०६५ असार १२ गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमै पुनः करारमा कम्प्युटर इन्जिनियरको रूपमा जागिर पाउन सफल भए । 

२०७५ साउन २० गते सम्म त्यहाँ विभिन्न पदमा रही उनले काम गरे । २०७५ साउन २१ गते उनी सोही केन्द्रका कार्यकारी निर्देशकमा नियुक्त भए । २०७८ चैत २४ गते सम्म कार्यकारी निर्देशक रहेका पौडेललाई २०७८ चैत २५ गते नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको थियो । २०७९ असोज १२ गते उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए । 

सुनिल विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने  

अख्तियारले सुनिलका दाजु अनिलको नाममा रहेको जग्गा तथा सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाए पनि  शीतलको हकमा थप अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ । प्रमाण अभावमा शीतलको हकमा पछि अनुसन्धान गर्दै मुद्दा दायर गरिने बताइएको छ ।

सुनिलको मुद्दाको अनुसन्धान अझै जारी रहेको तथा खुल्दै गए थप पूरक अभियोग पत्र समेत दर्ता गरिने अभियोग पत्रमा उल्लेख छ । सुनिल विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नका लागि अख्तियारले पत्र लेखेको छ । सुनिलले गरेका कारोबार, स्वदेश तथा विदेशमा रहेका बैंक खाता समेत रोक्का राख्न अख्तियारले माग गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x