२४ असार २०८३, बुधबार

प्रधामन्त्रीलाई ओलीको प्रश्न– मन्त्री थपेको कुस्ती खेल्न हो ?

कात्तिक २०, २०७४
प्रधामन्त्रीलाई ओलीको प्रश्न– मन्त्री थपेको कुस्ती खेल्न हो ?
काठमाडौं, २८ असोज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नलागेको मन्त्रिमण्डल विस्तारको कडा विरोध गरेका छन् । उनले मन्त्रि थप्ने निर्णय असंवैधानिक भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरे ।

ओलीले संसदको आयु सकिएसँगै सरकारको एकमात्र काम मंसिरका लागि तय भएको निर्वाचन निष्पक्ष र धाधलिरहित वातावरणमा सम्पन्न गर्नु भएको बताए । सरकार काम चलाउ भएको भन्दै एमाले अध्यक्ष ओलीले आचारसंहिता विपरित मन्त्रिमण्डल विस्तार गर्न लागिएको विरोध गरे ।

‘चुनाव गराउनु छ मंसिर १० र २१ मा भोलि मनोनयन छ अव जम्मा काम चुनाव गराउनु छ दुई तीनवटा मन्त्री भए पुग्छ चुनाव गराउन ’ ओलीले संसदमा भने,‘ मन्त्री धेरै भए भन्दा प्रधानमन्त्री तात्नु होला सत्तरी कम ६ मन्त्री किन चाहियो ।’

ओलीले मन्त्रालय समेत दिन नसक्ने काम नभएका कारण विना विभागीय भनिएको भन्दै मन्त्री बन्न लागेका सांसदलाई के गर्न जाँदै हुनुहुन्छ मन्त्री बन्न भन्दै प्रश्न गरे ।


एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई प्रश्न गरे,‘तपाईहरुलाई थप मन्त्री किन चाहियो, कुस्ती खेल्न त होइन होला ?,‘ उनले भने,‘नेपाली जनताले कर तिरेको पैसामा यो खेलवाड गर्न मिल्दैन ।’


निर्वाचन आयोगले केही दिन अगाडि मन्त्री थप गर्दा आचरसंहिता विपरित भएको बताएको स्मरण गराउँदै ओलीले कानूनको पालन गराउने सरकार निर्वाचन आयोग जस्तो संवैधानिले निकायले असंवैधानि भन्दा भन्दै मन्त्रि थप्दै हिडेको भन्दै आलोचना गरे ।

ओली मन्त्री बन्नलागेकालागि पनि बधाइ दिन नपाइएको भन्दै कटाक्ष गरे । ‘मन्त्री बन्दा पनि बधाइ दिन पाइएन , वैधानिक भए पो बधाइ दिनु ।’

लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र देखाएको ओलीको आरोप छ ।

वाम एकताका विषमा भएको टिकाटिप्पणी कटाक्ष गर्दै ओलीले आपत्ति जनाउनु नपर्ने बताए । कोही कोही मिल्न हुने कोही मिल्दा भूकम्प जानुपर्ने ? ओलीले भने‘इपिसेन्टर थाहा नहुने गरि भूकम्प जानु पर्ने ।’

salt training

कमेन्ट गर्नुहोस्