२८ जेठ २०८३, बिहीबार

चिर प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध रियलको जीत

बैशाख १०, २०८१
काठमाडौं
चिर प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध रियलको जीत

एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो । 

खेलमा शुरूआती अग्रता भने बार्सिलोनाले लिएको थियो । आन्द्रेस क्रिस्टिएनसनले खेलको छैटौँ मिनेटमा नै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, भिनिसियस जुनियरले पेनाल्टीबाट गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा पनि फर्मिन लोपेजले पुनः बार्सिलोनलाई अग्रता दिलाए । तर, त्यसको ४ मिनेटपछि नै लुकास भाज्क्वेजले रियलका लागि बराबरी गोल गरे । 

९१ औँ मिनेटमा बेलिङह्यामले निर्णायक गोल गर्दै  जीत सुनिश्चित गरे । जितपछि रियलले ला लिगाको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाउन सफल भएको छ । 

अब लिगमा ६ खेल मात्र बाँकी छँदा टोलीको ३२ खेलबाट ८१ अङ्क छ । दोस्रो स्थानमा रहेको बार्साको समान खेलबाट ७० अङ्क छ ।

salt training

कमेन्ट गर्नुहोस्