
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन उनी सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान गरेपछि निमित्तको जिम्मेवारी राईले नै पाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ ।