२६ जेठ २०८३, मंगलबार

प्रचण्डकै अगाडि माधव नेपालको टिप्पणी– गठबन्धन कतिदिन टिक्छ भन्न सकिन्न

बैशाख १०, २०८१
काठमाडौं
प्रचण्डकै अगाडि माधव नेपालको टिप्पणी– गठबन्धन कतिदिन टिक्छ भन्न सकिन्न
फाइल फाेटाे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनको भविष्य पनि अन्योलपूर्ण रहेको बताएका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमवार लतिपुरमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले गठबन्धनमा सहजता महसुश नगरेको भन्दै यसको भविष्यलाई लिएर संशय व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा नेपालले गठबन्धन कति दिन टिक्छ भन्ने प्रश्न उठिरहेको पनि बताए । 

‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त प्रधानमन्त्रीज्युले दिनुहुनेछ मैले दिन सक्दिन,’ नेपालले भने, ‘तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौं । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं ।’  

अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति सत्ता गठबन्धनबाटै अपमान भइरहेको टिप्पणी गरे । 

‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौं, कसैको दास बन्न हामी चाहँदैनौं’ नेपालले भने । 

आइतबारमात्रै नेता नेपालले आफूहरूलाई अपमान भए अर्को राजनीतिक उथलपुथल ल्याउने चेतावनी दिएका थिए । 

उनीपछि बोलेका प्रधानमन्त्री प्रचण्डले चुनौती भए पनि कम्युनिष्टहरू ढिलोचाँडो मिलेर जाने भन्दै नेपाललाई आश्वस्त बनाउन खाेजेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्