२८ जेठ २०८३, बिहीबार

एमालेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, देउवादेखि शीर्ष नेता सहभागी

बैशाख १०, २०८१
काठमाडौं
एमालेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, देउवादेखि शीर्ष नेता सहभागी

नेकपा स्थापना दिवसको अवसरमा नेकपा एमालेले मनाउन लागेको हीरक महोत्सवमा सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेता गोदावरी पुगेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेले आयोजना गरेको महोत्सवमा सम्बोधन गर्न विशेष वक्ताका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष पुगेका हुन् ।

रुघाखोकीले बिसन्चो भएपछि आइतवार एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको छलफल र समापन कार्यक्रममा सहभागी बनेका थिएनन् ।

तर आज शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रमका लागि ओली गोदावरी पुगिसकेको उनको सचिवालयले जानकारी दियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित प्रमुख दलका नेतालाई बोलाइएको छ । 

एमालेले दुई कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्