०३ साउन २०८३, आइतबार

आगामी ५ दिनसम्म तराई–मधेशमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन अनुरोध

बैशाख १०, २०८१
काठमाडौं
आगामी ५ दिनसम्म तराई–मधेशमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आगामी केहीदिनसम्म तराई–मधेशका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । 

ती भू–भागमा आगामी ५ दिन (वैशाख १० देखि १४ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘तसर्थ, ती भू–भागमा आगामी ५ दिन (वैशाख १० गते देखि १४ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।’

 विगत केहीदिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको महाशाखाले जनाएको छ । ‘लुम्बिनी तथा मधेश प्रदेशको तराई भू–भागका थोरै स्थानमा विगत दूई दिनदेखि तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,’ सूचनामा भनिएको छ । 

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट विभिन्न उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।

‘तातो हावा र तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा वा सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ,’ महाशाखाले बच्ने उपाय सुझाउँदै भनेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्