०७ असार २०८३, आइतबार

सन्दीपविरुद्धको मुद्दाको अर्को पेशी वैशाख १६ गते

बैशाख १०, २०८१
काठमाडौं
सन्दीपविरुद्धको मुद्दाको अर्को पेशी वैशाख १६ गते

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । सोमवारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको हो । 

अब आगामी सुनुवाइका लागि वैशाख १६ गते आइतवारका लागि पेशी तोकिएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले भने उनी दोषी रहेको ठहर गर्दै ८ वर्षको सजाय तोकेको छ । यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत गएका हुन् । 
 

कमेन्ट गर्नुहोस्