२८ जेठ २०८३, बिहीबार

बर्दिबासमा मोटरसाइकल दुर्घटना, चौधरी दम्पतीको मृत्यु

बैशाख १०, २०८१
महोत्तरी
बर्दिबासमा मोटरसाइकल दुर्घटना, चौधरी दम्पतीको मृत्यु

महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका ५ का मोटरसाइकल चालक ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरी छन् ।

बर्दिबास नगरपालिका ३ कालापानी जंगलस्थित सडकमा बा प्र ०२ - ०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमवार दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्