१९ असार २०८३, शुक्रबार

पिथौरागढमा एक विवाह समारोहबाट फर्किरहेको सवारी दुर्घटनाः चार जनाको मृत्यु

बैशाख १०, २०८१
काठमाडौं
पिथौरागढमा एक विवाह समारोहबाट फर्किरहेको सवारी दुर्घटनाः चार जनाको मृत्यु

पिथौरागढ–भारतको उत्तराखण्डसिथत पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

अधिकारीका अनुसार सोमवार पिथौरागढ जिल्ला नियन्त्रण कक्षले राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)लाई अँचोली क्षेत्रको अन्डोली नजिकै पिथौरागढ जिल्लामा गाडी दुर्घटनामा परेको जानकारी दिएको थियो । 

गाडीमा विवाह समारोहमा सहभागी भएर घर फर्किरहेका आठ जना सवार थिए । गाडीले नियन्त्रण गुमाई बाटोबाट दुई सय मिटर गहिरो खाडलमा खस्दा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले जनाएका छन् ।   
 
दुर्घटनाको सूचना पाएपछि एएसआई सुन्दर सिंह बोराको नेतृत्वमा एसडीआरएफ टोली तुरुन्तै दुर्घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।  

घटनास्थलमा एसडीआरएफ टोलीले स्थानीय प्रहरी र बासिन्दासँग समन्वय गरी मृतक चार जनाको शव जिल्ला प्रहरीलाई हस्तान्तरण गरेको अधिकारीहरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्