
एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टर यस सिजन (२०२३–२४) को च्याम्पियन बनेको हो ।
इन्टर पाँच खेलअगावै च्याम्पियन बनेको हो । अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ । इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि समिकरण बदलिने छैन ।
इन्टर २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो ।
पाँच खेलअगावै इन्टरलाई च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे । मिलानका फिकायो तोमारीले एक गोल फर्काए ।