११ साउन २०८३, सोमबार

तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख ११, २०८१
काठमाडौं
तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा २ हजार ७ सय रुपैयाँले ओरालो लागेको छ ।

सोमवार तोलामा १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमवार तोलामा १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएको छ । 

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ ।

सोमवार प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्