
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार बिहान काठमाडौंस्थित होटल सोल्टीमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।
होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा दिवा भोज आयोजना गर्दै छन् । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

कतारका राजाले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
