०७ साउन २०८३, बिहीबार

गोहीको मुखबाट यसरी बच्यो अफ्रिकी मृग

कात्तिक २०, २०७४
गोहीको मुखबाट यसरी बच्यो अफ्रिकी मृग

काठमाडौं, २९ असोज — जीवन र मृत्युका बीचमा केही सेकेन्डको मात्र अन्तर हुन्छ । कुन बेला मृत्यु फुत्त आइपुग्छ कसैले थाहा पाउँदैन ।


मृत्युको मुखबाट बचेको क्षण एकदमै रोमाञ्चकारी हुन्छ । फोटोग्राफर भर्ननन क्रेसवेलले अफ्रिकी मुलुक तान्जानियाको मारा नदीमा खिचेका फोटोहरूले यस्तै रोमाञ्चलाई दर्शाएका छन् ।


यस तस्वीरका लागि भर्ननले दुई दिनसम्म नदीको किनारमा घन्टौं प्रतीक्षा गरेका थिए । अफ्रिकी मृगहरूको एक समूह नदीमा पानी पिउन पुगेको बेलामा त्यहाँ एउटा गोही पनि घात लगाएर बसेको रहेछ ।


त्यसपछि भर्ननले क्यामरा निकाले र घटनाको प्रतीक्षा गर्न थाले । गोहीले अचानक मुख खोलेर मृगमाथि आक्रमण ग–यो । तर मृग पनि फुर्तिलो रहेछ । उसले हाम्फालेर आफ्नो ज्यान बचायो ।

केही सेकेन्डभित्र भएको यो घटनालाई भर्ननले थुप्रो फोटो खिचेर कैद गरे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्