काठमाडौं, २९ असोज - नेपाल वायु सेवा निगमले एक सय भन्दा बढी कर्मचारीहरु भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सातौं तहको बरिष्ठ प्राविधिक अधिकृतदेखि चौंथो तहको ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्मका लागि निगमले दरखास्त मागेको हो ।
बरिष्ट प्राविधिक अधिकृत १६ जना मागिएको छ । ग्राउण्ड इक्विपमेन्ट अपरेटरमा चाहिँ ८ जना मागिएको छ ।
सामान्य प्रशासनतर्फ २२ जनाको लागि दरखास्त आह्वान गरिएको छ ।
