
खासमा गणित विषय केटाकेटीलाई धेरै गाह्रो विषय लाग्ने गर्छ र धेरै विद्यार्थी गणितमा कमजोर पनि हुने गर्छन् । तर एक बालकले भने गणित विषयमा कमाल नै गरेका छन् । १४ वर्षका याशा एस्ले इङ्ल्याण्डको लिसेस्टर युनिभर्सिटीमा गणितका प्रोफेसर बनेका छन् ।
केही विदेशी मिडियामा आएको समाचारका अनुसार, याशा उक्त युनिभर्सिटीमा गणित पढ्ने र पढाउनेमा सबैभन्दा कम उमेरका प्रोफेसर बनेका छन् । गणितको अविश्वसनीय ज्ञान देखेर उनलाई मानव क्याल्कुलेटर पनि भन्छन् ।
याशाका बुबा मुसा एस्लेले उनलाई कारमा युनिभर्सिटीमा छोड्ने गर्छन् र उनको उपलब्धिमा गर्व पनि गर्ने गर्छन् । उक्त बालक अहिल डिग्री कोर्स पूरा गर्न लागेका छन् । अब भने पीएचडी गर्ने तयारीमा छन् । प्रोफेसर याशा एस्लेले यो वर्ष आफ्नो जीवनको सबैभन्दा राम्रो वर्ष भएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई जागिर मिल्नभन्दा पनि अरु विद्यार्थीलाई सहयोग गर्न पाउँदा रमाइलो लागेको छ’, उनले भनेका छन् ।
याशाले १३ वर्षको उमेरमा युनिभर्सिटीमा सम्पर्क गरेका थिए । उनको उमेर त कम थियो तर युनिभर्सिटीले पनि उनको गणितको ज्ञान देखेर चकित परे र जागिर समेत दिए ।