१७ असार २०८३, बुधबार

नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चाइनिज कम्पनीसँग सम्झौता

बैशाख १७, २०८१
विराटनगर
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चाइनिज कम्पनीसँग सम्झौता

नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्न चाइनिज कम्पनीसँग सम्झौता भएको छ ।

एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमवार नेपालको कोशी एनके मोटर्स प्रालि र चाइनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो ।

नेपालका तर्फबाट सम्झौतामा कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै अब नेपालमा नै चाइनिज तथा कोरियन प्रविधिमा आधारित चार पांग्रे विद्युतीय गाडी उत्पादन हुने उनले बताए ।

पुरी प्याब्सनका पूर्वअध्यक्ष समेत हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका १५ विघा क्षेत्रफलमा संचालनको तयारी गरिएको जनाइएको छ ।

यस कम्पनीमा शुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए । कम्पनीले प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्