×

NMB BANK
NIC ASIA

इलाम २ उपनिर्वाचन

एमालेको संगठित शक्तिको अगाडि कांग्रेस, पहिचानवादी र रास्वपा फिक्का

काठमाडाैं | बैशाख १७, २०८१

NTC
Premier Steels

राष्ट्रिय राजनीतिका चर्चित अनुहार संविधान सभाका अध्यक्ष एवं एमालेका प्रभावशाली नेता सुवास नेम्वाङसँग २०७९ मा कडा टक्कर गरेका कांग्रेस उम्मेदवार यसपटक कमजोर देखिएका छन् ।

Muktinath Bank

अघिल्लोपटक बलिया र प्रभावशाली नेम्वाङसँग ११४ मतको झिनो मतान्तरले पराजित भएका थिए कांग्रेस उम्मेदवार डम्बर खड्का ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यही वैशाख १५ गते शनिवार उपनिर्वाचन भयो । निर्वाचनमा उनै नेम्वाङका छोरा सुहाङले उनै खड्कासँगै प्रतिस्पर्धा गर्दा फेरि कडा टक्कर हुने अनुमान थियो ।


Advertisment
Nabil box
Kumari

२०७९ को चुनावमा सनसनी मच्चाएर २०८४ को चुनावमा बहुमत ल्याउने दाबीका साथ इलाममा सम्पूर्ण शक्ति खर्चिएको रास्वपाले आफ्नो मात्रै होइन एमालेको पनि भोट काट्ने कांग्रेसको अनुमान पनि फेल भएको छ ।

Vianet communication

यतिमात्रै होइन पहिचानवादीले धेरै एमालेको भोट काट्ने र ऊसमेत प्रतिस्पर्धामा हुँदा चार पक्षीय भिडन्तमा आफूले बाजी मार्ने कांग्रेसको योजनाले पनि इलाममा काम गर्न सकेन । 

बरु बलिया नेताको विरासत छोरामा सार्न खोज्दा पनि युवा उम्मेदवार सुहाङलाई इलामले यसपटक पत्याएको छ । जारी मतगणनाको​ प्रारम्भिकदेखि आधा गणना नाघिसक्दाको रुझानमा पनि एमाले उम्मेदवार सुहाङ बलिया देखिएका छन् ।

बलियो सांगठनिक शक्तिसहित चुनावी मैदानमा उत्रिएको एमालेले फेरि इलाममा बाजी मार्ने पक्का देखिएको छ । माइ र इलाम नगरपालिकाको मतगणनाबाट कांग्रेसले अप्रत्याशित नतिजा ल्याउने मतगणनाको रुझानले देखाएको छैन । किनकि माई नगरपालिका प्रमुखमा एमालेले १ हजार ५५१ मतान्तरले जितेको थियो । 

इलाम नगरपालिकामा कांग्रेसका केदार थापा २ हजार ५२८ मतान्तरले विजयी भएका थिए । इलाम बजार क्षेत्र पनि भएकोले गणना गर्न बाँकी मत कांग्रेसलाई मात्रै जाने देखिएको छैन ।

रास्वपाले पनि बजारबाट केही भोट बढाउन सक्ने र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले पनि बजार क्षेत्रबाट केही भोट ल्याउँदा कांग्रेसले सुहाङसँगको ५ हजार बढी अन्तरलाई घटाउने गरी मत ल्याउन सक्ने देखिएको छैन ।​

माङसेबुङ ५ नम्बर वडामा पहिचानवादीका थेगिमसँग एक हजार मतान्तरले पछाडि पर्नुबाहेक जारी मतगणनामा एमालेका उम्मेदवारलाई कुनै पनि दलले अहिलेसम्म टक्कर दिन सकेका छैनन् ।

गणना भइसकेका २६ वडामा एमालेले सबैभन्दा बढी १८ वटामा पहिलो बढी मत पाएको स्थिति छ । यसले पनि सबै वडाको गणनामा एमाले सहजै जीतसम्म पुग्ने देखिएको हो । 

कांग्रेसको बलियो प्रभाव, रास्वपाले चुनाव जित्न सबै शीर्ष नेतालाई लामो समय इलाम खटाएर गरेको मेहनत र पूर्वको पनि इलाममा पहिचानवादीबाट उल्लेख्य मत काट्न सक्ने आकलनलाई गलत सावित गरिदिने बाटोमा एमाले अगाडि बढेको छ । 

आन्तरिक रुपमा हिसाब निकाल्दा पनि आफूले १५ देखि २५ सय मतान्तरले जित्ने हिसाब एमालेको थियो । आफूपछि रास्वपा दोस्रो, कांग्रेस तेस्रो र पहिचानवादी उम्मेदवार चौथो बन्ने आन्तरिक मूल्यांकन एमालेले निकालेको थियो । तर अहिलेसम्मको रुझानले एमालेको आफ्नोबारेको मूल्यांकन मिल्नेतर्फ देखिए पनि अरु पार्टीप्रतिको मूल्यांकन नमिल्ने देखिन्छ । 

अघिल्लोपटक एमालेका नेम्वाङ यही क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी हुँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । अहिलेकै अनुपातमा मत आए अघिल्लो पटकको भन्दा आधा हाराहारी मत ल्याउने देखिएको छ ।

एमालेको पहिलो जति नै ३० हजार मत नआए पनि २५ हजार हाराहारी आउने देखिएको छ । एमालेले आफ्नो मत जोगाएर निर्वाचन जित्दा कांग्रेसको मत पनि आधा हुने देखिएको हो ।

रास्वपाका प्रकाश सापकोटाले १ हजार ३६३ मत प्राप्त गरेका थिए ।

यसपटक यसमा सुधार गरेर जारी मतगणनामा तीन हजार हाराहारी मत रास्वपाले ल्याएको छ । गणना गर्न बाँकीमा थप तीन हजारमाथि मत ल्याए मात्रै रास्वपाले इलाममा जमानत जोगाउने छ ।

रास्वपाका मिलन लिम्बू माङसेबुङ २ घर भएका उम्मेदवार हुन् ।

तर यो वडामा उनको घण्टी चुनाव चिन्हले जम्मा ९६ मत पाएको छ । जबकि यो वडाबाट एमालेले सबैभन्दा बढी ५८६, कांग्रेसले ३५१ र पहिचावादीका थेगिमले ३१७ मत पाएका थिए ।

३९ हजार ४२५ मत सदर हुँदा इलाम २ मा नेकपा एकीकृत समाजवादीले ३२२ मत मात्रै पाएको छ ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीले झलनाथ खनाललाई चुनावी कमान्डर बनाएर इलाममा खटाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x