०३ साउन २०८३, आइतबार

पर्वतमा दम्पती हत्यामा संलग्न २ जना पक्राउ, सुन लुटपाट गर्ने उद्देश्यले घटना

बैशाख १८, २०८१
पर्वत
पर्वतमा दम्पती हत्यामा संलग्न २ जना पक्राउ, सुन लुटपाट गर्ने उद्देश्यले घटना

 पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा सूर्यबहादुर जीसी र उनकी श्रीमतीको हत्या लुटपाट गर्ने क्रममा भएको प्रहरीले आँकलन गरेको छ । गत चैत १९ मा दम्पतीको हत्या भएको थियो ।

घटनास्थलबाट हत्यामा प्रयोग भएको ठानिएको हँसिया बरामद गरेको प्रहरीले मृतक ६९ वर्षीय सूर्यबहादुरले लगाएको हातको औंठी र उनकी ६७ वर्षीया श्रीमती कमला जीसीले लगाएको सिक्रीसमेत चोरी भएको देखिएपछि लुटपाट गर्ने क्रममा उनीहरूको हत्या भएको हुनसक्ने आकलन गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्यामा संलग्न २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण बिक र दीपक परियार छन् । ब्युरोका प्रहरी निरीक्षक कृष्ण ध्वजुको टोलीले म्याग्दी र पोखरा पुगेर उनीहरूलाई पक्राउ गरेको हो ।

परियारलाई पोखरा र बिकलाई म्याग्दीबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले दिए । प्रहरीले लुटपाट गरेको गहना पनि बरामद गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्