
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ मा निर्वाचित सुहाङ नेम्वाङको विजय देशभरका युवाहरुको जीत भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले पार्टीले युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने पनि बताएका छन् ।
‘इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत हो। हामी युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने छौँ’, ओलीको भनाइ छ ।
आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा पार्टीले महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने समेत ओलीको भनाइ छ ।
‘अर्को संसदमा हाम्रोतर्फबाट सुहाङजस्ता युवाहरूको बाहुल्यता रहने छ। एमाले इतिहास बोकेको मात्र होइन, नयाँ पुस्ताको पार्टी पनि हो’, ओलीले भनेका छन् ।