काठमाडौं २९ असोज– कुमार खड्का नेतृत्वको अखण्ड पार्टी नेपाल नेपाली कांग्रेसमा विलय भएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा अखण्ड पार्टीका अध्यक्ष खड्कालाई पार्टी प्रवेश गराएका हुन् ।
गत संविधानसभा चुनावमा अखण्ड पार्टीले समानुपातिक तर्फबाट एकसिट जितेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा खड्का मन्त्री बनेका थिए ।
कांग्रेससंग विचार मिलेका कारण पार्टी प्रवेश गरेको उनले बताए ।