
म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा आगलागी हुँदा ३३ घर जलेर नष्ट हुनुका साथै २६ घरपरिवारका ११२ भन्दा बढी व्यक्ति प्रभावित भएको त्यहाँको अग्नि नियन्त्रण सेवा विभागका एक अधिकारीले मङ्गलबार सिन्ह्वालाई जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार सोमबार राति १२ बजेतिर श्वेता नगरमा आगलागी भएको हो ।
आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा एउटा गुम्बामा सारिएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति नभएको उनले जनाए ।