१० साउन २०८३, आइतबार

वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै नेपाल

बैशाख १९, २०८१
काठमाडौं
वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै नेपाल

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग टी–२० श्रृंखलाको तेस्रो खेल खेल्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ः१५ बजे शुरू हुनेछ । पाँच खेलको श्रृंखलामा दुवै टोली आज आफ्नो दोस्रो जीतको खोजीमा हुनेछन् ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

यसर्थ घरेलु टोली नेपाल आज स्पष्ट जीतको खोजीमा हुनेछ ।

नेपाल आगामी महिना हुने टी–२० विश्वकपको तयारीमा छ । यसर्थ वेस्ट इन्डिज ‘ए’लाई निम्तो दिएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्