२१ असार २०८३, आइतबार

जङ्गलमा लागेको डढेलो बस्तीमा सल्किँदा चितवनको इच्छाकामनाका २ वटा घरमा क्षति

बैशाख १९, २०८१
चितवन
जङ्गलमा लागेको डढेलो बस्तीमा सल्किँदा चितवनको इच्छाकामनाका २ वटा घरमा क्षति

चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ ।

जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो ।

मङ्गलवार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए ।

स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए ।

आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र रु २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको बुढाथोकीले बताए ।

उनका अनुसार चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्