
दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधवार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधन फसेको जनाइएको छ ।
घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने ३० जनाको उपचार भइरहेको छ ।
अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् ।
राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।
अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।