१३ असार २०८३, शनिबार

गर्मी अत्यधिक बढेपछि बुटवलका विद्यालय २ दिन बन्द

बैशाख २०, २०८१
काठमाडौं
गर्मी अत्यधिक बढेपछि बुटवलका विद्यालय २ दिन बन्द

गर्मी अत्यधिक बढेसँगै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । उपमहानगरले सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालय बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो । 

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएको भन्दै वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।

विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्