३२ असार २०८३, बिहीबार

यूएईमा फेरि भीषण वर्षा: दुई दिन बिदा, होसियारी अपनाउन 'अलर्ट' जारी

बैशाख २०, २०८१
काठमाडौं
यूएईमा फेरि भीषण वर्षा: दुई दिन बिदा, होसियारी अपनाउन 'अलर्ट' जारी

युनाइटेड अरब इमिरेट्स (यूएई)मा फेरि भीषण वर्षा भएको छ । बिहीबार बिहानैदेखि फेरि अचाक्ली वर्षा भएको मध्यपूर्वका सञ्चार माध्यमहरूले जनाएका छन् । 

वर्षाले अबुधावी र दुबई क्षेत्र बढी प्रभावित भएको गल्फ न्युजले जनाएको छ । समाचारमा जनाइएअनुसार दुबईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । 

भारी वर्षाका कारण यूएईमा दुई दिन बिदा दिइएको छ । यूएईमा बिहीबार र शुक्रबार बिदा दिइएको हो । अधिकारीहरूका अनुसार बिदाको उद्देश्य शिक्षक र विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नु हो।

विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको समाचारमा उल्लेख छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेका छन् ।

यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्