
भारतमा जारी लोकसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपालका नेताहरू राजधानी नयाँ दिल्ली पुगेका छन् ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेताहरू दिल्ली पुगेका हुन् । सत्तारूढ नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मात्रिका यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर जबरा, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका जयकान्त राउत बुधवार नयाँ दिल्ली पुगेका हुन् ।
उनीहरूले हिजै भाजपा कार्यालयको अवलोकन गरेका थिए। भाजपा अध्यक्ष जेपी नाड्डा, विदेश विभागका डा. विजय चौथाइवाले लगायतसँग नेपालका नेताको भेट भएको थियो ।