
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार दिउँसो टस हारेर पहिले फिल्डिङमा उत्रिएको नेपाललाई कुशल भुर्तेलले नै तेस्रो विकेट लिएका हुन् । यसअघि उनैले दोस्रो विकेट लिएका थिए ।
उनले कासी कार्टीलाई आउट गराए । यसअघि भुर्तेलले अर्धशतक प्रहार गरेका एन्ड्रे फलेचरको विकेट लिएका थिए ।
नेपाललले आज यो खेल जितेमात्रै ५ खेलको श्रृंखलामा २–२ बराबरी हुनेछ । पराजित भए एक खेलअगाडि नै नेपालले सिरिज गुमाउनेछ ।
यसअघि सम्पन्न तीनमध्ये दुई खेल वेस्ट इन्डिज ‘ए’ले जितेको छ । पहिलो खेल भने नेपालले जितेको थियो ।