०५ साउन २०८३, मंगलबार

विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री

बैशाख २१, २०८१
कैलाली
विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। 

बेलुकी ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।  तर सत्ता गठबन्धनभित्रैको बेमेल र प्रतिपक्षी दलको असन्तुष्टिले अन्योलता भने कायमै रहेको बताइएको छ । 

 मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको भए पनि सत्तारुढ दल एमालेले अहिलेसम्म औपचारिक निर्णय नगरेको बताइएको छ । 


सोडारी यही वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्