०७ साउन २०८३, बिहीबार

खडेरीले बारामा करिब ६० प्रतिशत मात्र  चैते धान रोपाइँ

बैशाख २१, २०८१
बारा
खडेरीले बारामा करिब ६० प्रतिशत मात्र  चैते धान रोपाइँ
फाइल तस्वीर

लामो समयको खडेरीले बारामा करिब ६० प्रतिशत मात्र  चैते धान रोपाइँ भएको छ । चैतभित्रै रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा खडेरीले आधा बढी किसानले मात्रै रोपाइँ गर्न पाएका हुन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् ।  दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।

भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्