२५ असार २०८३, बिहीबार

कुवेत पठाउने बहानामा नयाँ दिल्ली पुर्‍याएर यौन शोषण !

बैशाख २१, २०८१
काठमाडौं
कुवेत पठाउने बहानामा नयाँ दिल्ली पुर्‍याएर यौन शोषण !

रोजगारीका लागि कुवेत पठाउने बहानामा नयाँ दिल्ली पुर्‍याएर एक महिलालाई जबरजस्ती यौन शोषण गरेको खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका –५ का ४५ वर्षीय पूर्णबहादुर भण्डारी छन् ।

भण्डारीले परिवर्तित नाम २६ बबरमहल (२५५) लाई कुवेत जानको लागि आफै लगानी गरिदिन्छु भन्दै दिल्ली पुर्‍याएर शोषण गरेको आरोप छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनले ती महिलालाई १० दिन नयाँ बसपार्कको एक होटलमा राखेर राहदानी बनाइदिएका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार भण्डारीले भिसा तथा स्वास्थ्य परीक्षणको लागि जानुपर्ने भयो भन्दै गत जेठ गते ११ मा काठमाडौंबाट एम्बुलेन्समा चढाई बुटवल पुर्‍याएर होटलमा राखेका थिए ।

बुटवल पुगेपछि उनले भारतबाट विदेश जाने प्रक्रिया छिटो हुन्छ भनी विश्वास दिलाएर भारतको नयाँ दिल्ली पुर्‍याएका एसपी मिश्रले बताए।

‘सामान्य पढेलेखेको महिलालाई भण्डारीको समूहले ललाई-फकाई कुवेतमा राम्रो रोजगारी दिलाइदिने र खर्च आफैं व्यहोर्ने भन्दै दिल्ली पुर्‍याएर यौन शोषण गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्’, उनले भने ।

दिल्लीमा पुगेपछि आफूमाथि यौन शोषण हुने शंका पाएकी थिइन् ।

उनले कुवेत नजाने भनेपछि भण्डारीले अन्य भारतीय युवाहरूसँग शारीरिक सम्पर्क गर्न दबाब दिएका थिए ।

‘नयाँ दिल्लीमा नै रहेको फ्ल्याटमा राखेर ती महिलालाई यौन शोषण गरेपछि उनी गत असार १३ मै भागेर नेपाल आएर ब्यूरोमा उजुरी दिएकी छिन्', मिश्रले लोकान्तरसँग भने, ‘यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्