०७ असार २०८३, आइतबार

प्राधिकरण प्रमुख पोखरेल राजीनामा दिने ‘मुड’मा

कात्तिक २०, २०७४
प्राधिकरण प्रमुख पोखरेल राजीनामा दिने ‘मुड’मा

काठमाडौँ, ३० असोज- आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको खबर आजको नयाँ पत्रिकामा खबर छ ।pradhikaran
उनको नाम प्युठान कांग्रेसले उम्मेदवारका लागि सिफारिस गरेको छ । उनको निजी सचिवालय स्रोतका अनुसार पोखरेलले छिटै नेतृत्वबाट राजीनामा दिँदै छन् ।
‘डा. सा’ब एक मात्र उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ । सल्लाहअनुसार नै सिफारिसमा पर्नुभएको हो, त्यसो हुँदा उहाँ अब चुनाव लड्नुहुन्छ । केही प्राविधिक पक्ष मिलाउन बाँकी छ । त्यसलगत्तै उहाँले प्राधिकरणबाट राजीनामा दिनुहुन्छ,’ स्रोतले भन्यो ।

salt training

कमेन्ट गर्नुहोस्