२७ जेठ २०८३, बुधबार

प्रेस स्वतन्त्रता दिवसमा लालटिन बालेर प्रभातफेरी

बैशाख २१, २०८१
काठमाडौं
प्रेस स्वतन्त्रता दिवसमा लालटिन बालेर प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारहरूले शुक्रवार लालटिन बालेर प्रभातफेरी गरेका छन् ।

मे ३ मा विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको उद्घाटनअघि बिहान शान्तिवाटिकादेखि राष्ट्रिय सभा गृहसम्म लालटिन बालेर प्रभातफेरी गरिएको हो ।

श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतको आदेशबाट ध्यानाकर्षण भएको बताए ।

संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थाविपरीत हुने गरी आएको सर्वोच्चको आदेशबाट ध्यानाकर्षण भएको भन्दै उनले दिवसको अवसरमा लालटिन बालेर प्रभातफेरी गरिएको बताए।​ पूर्ण प्रेस स्वतन्त्रतामाथि प्रहार भएको, श्रमजीवी पत्रकारको श्रम अधिकार संकटमा परेकाले बाध्य भएर लालटिन बाल्न परेको जैसीले बताए।​

'सम्मानित अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना भएको छ,  प्रमाण नष्ट गरेर कसरी छानबिन गर्ने ?', उनले प्रश्न गरे ।

पत्रकार जैसीले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता उदाहरणीय भएकोले तत्काल फिर्ता गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गरे । ​

salt training

कमेन्ट गर्नुहोस्