०५ असार २०८३, शुक्रबार

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

बैशाख २१, २०८१
काठमाडौं
जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको यही वैशाख २३ गते नेपालको औपचारिक भ्रमणमा आउँदै  छिन् । उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन् । 

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । जापानी विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछिन् । 

salt training

कमेन्ट गर्नुहोस्