०१ साउन २०८३, शुक्रबार

वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने

बैशाख २२, २०८१
काठमाडौं
वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने

वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने भएको छ । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत आउँदो मंगलबार काठमाडौंमा हुने एक कार्यक्रममा उनलाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले जानकारी दिइन् । 

समारोहमा पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान, शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मान अर्पण गरिने निर्णय भएको अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिए । 

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणको यो अवार्डमा गीत संगीत विशेष सम्मानबाट जीवन शर्मा (सिक्किम) र चलचित्र विशेष सम्मानबाट अभिनेत्री रुश्मा राई (सिक्किम)लाई पनि सम्मान गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।

वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गर्ने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच यसअघि सार्वजनिक गरिएको छ । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजन गीतलाई समावेश गरिएको छ ।

यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, गुरुदेव कामद र वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्