
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसिरहेको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक केहीबेर अगाडिबाट शुरू भएको हो ।
बैठकमा सरकारको काम कारबाही र आगामी बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गरिसकेका छन् ।