
नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले टी–२० श्रृंखलाको अन्तिम खेलमा घरेलु टोली नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।
वेष्ट इन्डिजका लागि एलिक अथान्जले नट आउट सर्वाधिक ४२ रन बनाए ।
रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।
बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट लिए भने अभिनाश बोहोराले एक विकेट लिए ।
आजको खेलमा नेपालले वेस्ट इन्डिजसको 'ए' टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।
नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।