
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महांकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् ।
प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
बागमती प्रदेश सरकारलाई महांकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने उनले विश्वास दिलाए ।
विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उनले बताए । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महांकाललाई प्राथमिकता दिने बताए ।
ललितपुरको महांकाल गाउँपालिका–३ गोटीखेलको महांकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।