२५ असार २०८३, बिहीबार

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगीको आरोपमा पक्राउ परेका व्यक्ति प्रहरीद्वारा सार्वजनिक

बैशाख २२, २०८१
काठमाडौं
विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगीको आरोपमा पक्राउ परेका व्यक्ति प्रहरीद्वारा सार्वजनिक

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।’ 

पक्राउ परेका राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्